‘पारिजातका कविता वर्तमानमा समेत सान्दर्भिक’

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।

काठमाडौँ, १८ जेठ । वरिष्ठ साहित्यकार पारिजातले तत्कालीन समयमा रचना गरेका कविता वर्तमानमा समेत सान्दर्भिक रहेको कवि तथा समालोचकहरुले बताएका छन् ।
स्रस्टा समाज नेपालले आज यहाँ आयोजना गरेको ‘हामी पढ्छौँ पारिजातका कविता’ अन्तर्गत पारिजातका २१ वटा कविता सङ्ग्रहित सिडी सार्वजनिक गरियो ।
सो सिडीको विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यकार पारिजातले तत्कालीन समयमा लेखेका कवितामा समेटिएका समाज रुपान्तरणका विषयवस्तु अहिलेको नेपाली समाजमा पनि निकै मिल्दोजुल्दो भएको बताउनुभयो ।
साहित्यकार खगेन्द्र सङ्ग्रौलाले जीवनका दुई दशक साहित्यकार पारिजातसँगको अनुभव आफूमा भएको भन्दै उहाँ अपराजिता व्यक्ति भएकाले जीवनमा आफूले पहिलो पटक पारिजातका बारेमा अपराजिता गीत लेखेको बताउनुभयो ।
उहाँले अभाव, अपमानको जीवन भए पनि चारित्रक सबलता, नैतिकता र बेजोड प्रतिभाको धनी व्यक्ति भएको विचार राख्नुभयो ।
साहित्यकार पारिजातकी बहिनी सुकन्याले दिदी पारिजात रोग लागेर बिरामी भए पनि कहिल्यै हरेस नखाने, हिम्मत गर्ने साहसी भएकाले आफूले अपराजिता भनेर बोलाउने गरेको समेत स्मरण सुनाउनुभयो ।
साहित्यकार पारिजातकी सहपाठी सुशीला भट्टले पद्मकन्या क्याम्पसमा चार वर्ष सँगै अध्ययन गरेको भन्दै साहित्यको विकास गर्नका लागि परिजातजस्तो बेजोड प्रतिभा कहीँ नजन्मेको बताउनुभयो ।
समाजका अध्यक्ष अतृप्त पाण्डेले ‘हामी पढ्छौँ पारिजातका कविता’ यही वैशाख १४ गते २१ वटा कविता वाचन गरिएको र सोही कवितालाई श्रव्य र दृश्य दुवैमा स्रष्टामाझ ल्याएको जानकारी दिनुभयो ।

अन्य ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।

Short URL: http://www.sambadmedia.com/?p=8721

Posted by on Jun 1 2013. Filed under साहित्य/कला/संस्कृति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

यसमा तपाइको मत

तपाईका प्रतिक्रियाहरु

  • Thulkan6a: yo Bideshi Dalal haru hun Manv Adhikar karmi ko nam ma Bideshi dollar khayera nepal ma chahido na chahido...
  • sarabjit: Maile tapai KO site ramro lagcha
  • Ramesh Risal: World war ko lakchen.
  • Jhandi Ram: Petrol padartha udharo becheko dekhinna jahileni nafa rakhera nai bechchhan tara kasari jahile ni ghata...
  • wren: aba nepal ma pani invest badhayera, nepal lai ni yeso kei gare hunthio..