वन्यजन्तु चोरी सिकारीबाट मारिने क्रम घट्यो

For the latest news, Science, Culture, Entertainment, Literture, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews, like us on Facebook or follow us on Twitter.

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुक लाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्न सक्नुहुनेछ ।

Advertise

tigerचितवन, २७ असार । स्थानीय उपभोक्ताहरु सङ्गठित भएर चोरी सिकारी नियन्त्रणमा लागेपछि वन क्षेत्र बढेको छ भने दुर्लभ वन्यजन्तु चोरी सिकारीबाट मारिने क्रम घटेको छ । समुदायलाई वन हस्तान्तरणसँगै स्थानीय उपभोक्ता जागरुक बनेका हुन् ।
जिल्ला वन समन्वय समिति चितवनले बुधबार पश्चिम चितवनको सेतीदेवी सामुदायिक वन र पूर्वी चितवनको पञ्चकन्या सामुदायिक वनको अवलोकन गराउने क्रममा स्थानीय उपभोक्ताले समुदाय सङ्गठित बनेपछि चोरी सिकारीमा नियन्त्रण आएको बताएका हुन् ।
सामुदायिक वन उपभोक्ता समितिले आफ्नो वन क्षेत्रमा गरेका विभिन्न गतिविधिको बुधबार अनुगमन गरिएको थियो । जिल्ला वन समन्वय समितिका अध्यक्ष हरि श्रेष्ठले सरकारी तवरबाट मात्र संरक्षण सम्भव नहुने भएकाले स्थानीय समुदायको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
अनुगमन क्रममा सेतीदेवी सामुदायिक वनका अध्यक्ष दीपक अधिकारीले आफ्नो वनले उपभोक्तालाई लक्षित गरी सञ्चालन गरेको बाख्रापालन कार्यक्रम, युवाहरुलाई लक्षित गरी सुरु गरेको माछापालन कार्यक्रम र पार्वती आमा समूहले सञ्चालन गरेको जडीबुटी र हलेदो उत्पादन कार्यक्रम प्रभावकारी हँुदै गएको बताउनुभयो ।
त्यस्तै पञ्चकन्या सामुदायिक वनले पनि आफ्नो मातहतमा वनको संरक्षण गरेपछि चोरी निकासीमा कमी आएको सो वनका उपाध्यक्ष दीपक पौडेलले बताउनु्भयो ।
अनुगमनका क्रममा जिल्ला वन समन्वय समितिका अध्यक्ष हरि श्रेष्ठले वन र वन्यजन्तुको संरक्षणमा सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

For the latest news, Science, Culture, Entertainment, Literture, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews, like us on Facebook or follow us on Twitter.
अन्य ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।

Short URL: http://www.sambadmedia.com/?p=20799

यसमा तपाइको मत


© Nepali Unicode